+977-010-560019

History

ऐतिहासिक पृष्ठभुमी

शिक्षा मानव जिवनको एउटा महत्वपुर्ण पक्ष हो । अहिलेको युगमा यसको आवश्यकता अपरिहार्य वन्न गएको छ । मानिसको अस्तित्व रहनुजेल सम्म यसले जे जति कृयाकलाप अनुभव गरेको हुन्छ त्यसलाई शिक्षाको एउटा अभिन्न भाग मान्न सकिन्छ । अहिलेको जटिल सामाजिक परिस्थतिमा प्रतिपस्र्धाी र योग्य बन्न ब्यवहारिक ज्ञान मात्र भएर पुग्दैन । मानिस सामाजिक जटिलता र परिस्थिति संग समानता भएर चल्नुपर्ने हुन्छ ।

ब्यक्ति समाज राष्ट्रको उज्जल भविष्य तथा विकासका एक मात्र आधार स्तम्भ शिक्षा हो । देशलाई आवश्यक पर्ने सवल सक्षम र दक्ष जनशक्तिको उत्पादन गर्ने शिक्षा हो । यसै सिद्धान्तलाई आत्मसाथ गर्दे हरेक राष्ट्रले शिक्षाको राष्ट्रिय उद्देश्य, तहगत उद्देश्य, कक्षागत उद्देश्य पुरा गर्न गराउनको लागी विभिन्न विषय संग सम्वन्धित पाठ्क्रम निर्माण गरिएको हुन्छ । त्यस कारण शिक्षा प्राप्त गर्ने सवैको मौलिक अधिकार मानिन्छ । शिक्षा मानविय आवश्यकता भएतापनि एकतन्त्रिय जहानिया राणा शासन ब्यवस्थामा नागरिकले ति आवश्यकता परिपूर्ति गर्न सकेनन् ।

पारिवारिक शिक्षा दिक्षाको मात्र ब्यवस्था भएको त्यस समयमा भाषा पाठशालाद्धारा संस्कृत भाषा मार्फत केही पठन पाठन झलक देखिएता पनि आधुनिक शिक्षाको ब्यवस्था सर्वसाधारणलाई हुन सकेको थिएन । यसै पृष्ठ भुमीमा २००२ साल मा तत्कालिन शिक्षा प्रेमी राणा प्रधानमन्त्री पदम शमशेर जवरा द्धारा टुडिखेल खरिको बोट मुनी स्कुल कलेजका विद्यालयका विद्यार्थीहरुलाई सम्वोधन गर्दे गाउँ गाउँमा गई शिक्षा प्रचार गर्न गरिएको आवहन पछि ललितपुर हिरण्यवर्णमहा विहार दशीका चक्रमान शाक्य आफ्नो ब्यक्तिगत शिक्षा दिक्षका अवसर एव पारिवारिक परिवेशलाई छोडेर २००२ शालमा शिक्षा प्रचार गर्ने उद्देश्यले यस जिल्लामा आए । त्यस पुर्व यस जिल्लामा कसैले पनि शिक्षा दिक्षा पाएका थिएनन् । दार्जलिङ्गका मान बहादुर लामाले केही ब्यक्तिका आएर शिक्षा दिएता पनि औपचारिक शिक्षाको ब्यवस्था भएको थिएन । त्रिशुली बजारकै एक शिक्षा प्रेमी मोहन विक्रम ध्वज जोशीलाई साथमा लिएर चक्रमान शाक्य तेतीखेर यस विद्यालय स्थापनाको योजना बनाएका थिए । तर राणा प्रधानमन्त्रीको परिर्वनत र मोहन शमशेरको शिक्षा क्षेत्र प्रति बक्र दिष्ट्री एवं दमनका कारण त्यो सफल हुन पाएन । उनी नुवाकोटबाट बाग्लुङ तर्फ गई शिक्षा दिन थाले ।

परिवर्तनकारी नागरिकहरु राणा शासन विरुद्धको शसक्त कान्त्रीमा होमिएकाले अन्तत: दिल्लिमा सम्झौता भयो ।परिमाण स्वरुप १०४ वर्षिय राणाशासनको अन्त्य भई देशमा २००७ साल फागुण ७ गते प्रजातन्त्र आयो । त्यसै दिन देखी त्रिशुली नमुना पाठशालालाइ २००७ साल फागुण ७ गते स्वर्गिय राजा त्रिभुवनको नामबाट त्रिभुवन त्रिशुली मेडियल स्कुल स्व.चक्रमान शाक्यकै सक्रियतामा स्थापना भयो । सार्वजानिक पाटिपौवा चौतारा एवं खोलका बगर आदी स्थानामा बसेर आधुनिक शिक्षा दिइन्थ्यो । आर्थिक ब्यवस्थपनका लागी संचालक समितिका निर्माण नगरेको भएता पनि २ शिक्षकको ब्यवस्था गरि चक्रमान शाक्यले नै प्रारम्भीक शिक्षा दिक्षाको सुप्रवन्ध मिलाए । २००८ साल माघ २४ गते मोहन बिक्रम ध्वज जोशीको अध्यक्षतमा एक विद्यालय ब्ववस्थापन समितिको स्थापना गरी श्री ५ को सरकार संग स्विकृत एवं आर्थिक सहायताको माग गरिएता पनि उपलब्ध भएन । त्रिशुली बजार निवासी तुुलसिदास अमात्यले २ रोपनी जग्गा उपलब्ध गराएपछि औपचारिक विद्यालय स्थापनाको आधारभुत ब्यवस्था भयो । उक्त जग्गमा ५३ फिटको एउटा बास र खरको टहरो बनाइयो । अनि त्यसैमा शिक्षण क्रियाकलाप संचालन भयो ।

यस अवधि सम्म पच्चिम १ नम्वरमा पर्ने नुवाकोट, रसुवा धादिङ, गोर्खा, तनहु, कास्कीको केही भाग समेतको एक मात्र विद्यालय थियो । त्यसले आफ्नो बैयक्तिक चेतनाको छितिज फराकिलो पार्दे धेरै टाढा टाढाका विद्यार्थीहरुलाई समेत अध्ययन गराउन सफल भए । त्यस समयमा सरकारी सहयोग ६०० मात्र उपलब्ध गराइएको थियो भने बाकी बजार बाट संकलन आवश्यक ब्यवस्था मिलाइएको थियो ।

यसै गरी २०६४ साल देखि खोलेको पूर्व प्राथामिक शिक्षा संचालन भइरहेको छ । विगत ६ बर्ष अगाडी देखी यस विद्यलायमा कक्षा १ देखि ७ सम्म क्रमस अंग्रेजी माध्यमबाट पठनपाठन संचालन गरि गुणात्मक शिक्षा दिने जमर्को यस विद्यालयले राखेको छ । साथै हालआएर कक्षा ६ देखी कक्षा ८ सम्म कम्प्यूर कक्षा संचालन भैरहेको छ भने कक्षा ११ र १२ मा समेत जिल्लाकै नमूनाको रुपमा कम्प्यूर कक्षाहरु संचालन भइरहेको छ ।

© 2020 Tribhuwan Trishuli Secondary School. All rights reserved. Powered byTrishuli Web Designed by Sunil Shrestha.