tribhuvan trishuli secondary school panaroma view tws-sunilshrestha

शिक्षक सक्षमता अभिवृद्धि कार्यशाला सम्पन्न

मिति २०८२ असार २५ गते यस विद्यालयका शिक्षकहरुका लागि एक दिने “शिक्षक सक्षमता अभिवृद्धि कार्यशाला” आयोजना गरियो ।

कार्यक्रममा विदुर वडा नं. १ का वडा अध्यक्ष तथा वि.व्य.स. अध्यक्ष लेनिनरञ्जित, प्रधानाध्यापक महेन्द्र राउत तथा सहायक प्राधानाध्यापक राजेन्द्र दवाडीले कार्यक्रमको उद्देश्य र महत्व प्रकाश पार्दै आफ्नो मन्तव्य राख्नु भएको थियो भने विद्यालयका शिक्षक दिलिप कुमार खतिवडाले नयाँ लेटर ग्रेडिङ निर्देशिका अनुसार ग्रेड लेजर र ग्रेड सिट निर्माण सम्बन्धी विषयवस्तुमा सहजिकरण गर्नु भएको थियो ।